site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'कांग्रेस बैठकमा सरकार ढाल्ने र फेर्ने विषयमा छलफल भएको छैन'
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा कुनै छलफल नभएको बताएको छ । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जारी संसदीय दलको बैठकमा सरकार बदल्ने, ढाल्ने वा अर्को बनाउने विषयमा कुनै छलफल नभएको दाबी गरे ।

कांग्रेस संसदीय दलको बैठक भोलि फेरि ११ बजे बस्ने तय भएको छ । गत शुक्रबार र आज बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् ।

"हाम्रो बैठक भोलि समापन हुन्छ । बैठकमा धेरै विषयमा कुरा उठेको छ । अनि ती सबै विषयहरूलाई हामीले समेटेर भोलि महत्त्वपूर्ण प्रस्ताव पारित गर्छौं । अस्ति र आज गरेर ५० जना माननीय सदस्यहरूले बोल्नुभएको छ । यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro