site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीआईबीको अपरेसनमा सक्कली नै डाक्टर परेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘अपरेसन चार्ली फक्सट्राट’ विवादित बनेको छ । नक्कली डाक्कटरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ परेको खुलेपछि 'अपरेसन फक्सट्रट'माथि नै प्रश्न उठेको हो ।

अपरेसनअन्तर्गत हालसम्म आठजना डाक्टर पक्राउ परेका छन् । तर, पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको खुलेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल मेडिकल काउन्सियलका रजिस्टार कृष्णप्रसाद अधिकारीले नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरेको हुन सक्ने बताए । उनको विवरणलाई काउन्सिलले सच्याएर सीआईबीमा पठाइसकेको छ ।

"नियतवश त नहोला । तर, ठेगाना र नाम जुधेकाले त्यस्तो हुन गयो होला हामीले सच्याएर पठाइसकेका छौँ," अधिकारीले भने । 

Global Ime bank

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भने काउन्सियलकै कागजातका आधारमा चौधरीलाई पक्राउ गरिएको बताइन् । 

"हामीबाट कमजोरी भएको होइन । काउन्सिलले उपलब्ध गराएको कागजातका आधारमा पक्राउ गरिएको हो । नागरिताको फोटोकपीसमेत हामीलाई उपलब्ध भएपछि हामीले पक्राउ गरेका हौँ । त्यो मान्छे होइन भने काउन्सिलले अर्को पत्र पठाउनुपर्‍यो," एआईजी बज्राचार्यले भनिन् ।

२५ साउनमा सीआईबीले अपरेसन चलाएको थियो । अपरेसनका क्रममा नेपाली कांग्रेसका सांसद सुनील शर्मासमेत पक्राउ परेका थिए । तर, जिल्ला अदालत काठमाडौं थुनामा राख्न अनुमति नदिएपछि उनी छुटिसकेका छन् । 

सीआइबीको थुनामा अहिले सातजना डाक्टर छन् । तर, रन्जित यादवसमेत सक्कली डाक्टर पक्राउ परेको खुलेपछि उनलाइ छोड्ने सीआईबीको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement