site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूलाई ‘क’ र ‘ख’ श्रेणीको नबनाइयोस् : परियार 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले करिब क्विन्टल सुन तस्करी प्रकरणमा हङकङ विमानस्थललाई प्रश्न गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी संसदीय दलको बैठकमा उनले भने, “हङकङमा पनि चेकजाँच हुन्छ होला नि ? हाम्रो त्रिभुवन विमानस्थलभन्दा अत्याधुनिक सामग्री त्यहाँ होला नि ! किन हामीले हङकङको विमानस्थललाई त्यो प्रश्न नगर्ने ? प्रश्न गर्न जरुरी छ ।”

Dabur Nepal
NIC Asia

उनले सांसद सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन मिचेको आरोप समेत लगाए ।

“हाम्रै पार्टीका सांसदलाई दिनदाहाडै जेल हाल्ने प्रयत्न गरिन्छ, सुनीलजी रिहा भएर आउनुभएको छ । सभामुखलाई जानकारी नगराईकन पक्राउ गर्न पाइँदैन,” उनको भनाइ उद्धृत एक सांसदले भने, “कानुन हातमा लिने काम सरकारले गरेको छ । आज सुनीललाई पर्‍यो, भोलि अरूलाई पर्ला ।”

उनले भूमिहीनका समस्या समाधान गर्नुपर्ने पनि बताए ।

सांसद विकास कोषका सन्दर्भमा प्रत्यक्ष र समानुपातिक सांसदका लागि समान किसिमको निर्देशिका बनाउन समेत उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरे ।

“तपाईं आफैँ समानुपातिक सांसद हुनुहुन्छ, वरिष्ठ नेता हुनुहुन्छ । सांसदहरूलाई ‘क’ श्रेणी र ‘ख’ श्रेणीको नबनाइयोस्,” उनले बैठकमा भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro