site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेलाई सरकारमा रूचि छैन, अर्थतन्त्र र जनताको दैनिकीमा चासो छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्राथामिकता सरकार नभएको बताएका छन् । सुन तस्करी काण्डमा एमालेले सत्ताको खेल खेलिरहेको हो कि भन्ने प्रश्न पनि उठ्न सक्ने भन्दै उनले एमालेको प्राथमिकता सरकार नभएको दाबी गरे ।

आइतबार पार्टी मुख्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै उनले सुन तस्करी काण्डमा एमालेको चासो गठबन्धन टुटाउने नभएको बताए ।

“गठनबन्धन टुटाउने र एमाले सरकारमा जाने दाउ त हैन भन्ने प्रश्न आउन सक्छ । एमाले सरकारमा जाने दाउ त हैन भन्ने प्रश्न उठ्न सक्छ,” ओलीले भने, “तर, नेकपा (एमाले)लाई सरकारमा रुचि छैन । देशको अर्थतन्त्र र जनताको दैनिकीमा चासो छ ।”

उनले आफ्नो सरकारको समयमा घटेको ३३ किलो सुन काण्डमा अहिलेको सरकारलाई शंका भए पुनः छानबिन गर्न सक्ने बताए । आफूहरुले सुन पकड्न नसके पनि मुख्य अभियुक्तलाई कारबाही गरेको पनि जानकारी दिए ।

“३३ किलो सुन प्रकरणमा छानबिन समिति बनायौँ, सुन त पाइएन । तर, दोषीलाई कारबाही गरियो । अहिले पनि जेलमा छन्,” ओलीले भने, “सुन त बाहिर पठाएको थियो, कहाँ गायब थियो, पत्ता लगाउन सकिएन । हामीले थाहा पाएपछि त्यसलाई छानबिन गरेर कानुनको दायरामा ल्यायौँ । सरकालाई चित्त नबुझे प्रश्न उठाउँछ भने थप छानबिन गरे हुन्छ ।”

उनले निर्माण व्यवसायीको समस्या सरकारले नसुनेको भन्दै आपत्ति जनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro