site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा पौडी प्रशिक्षकले बारम्बार बालिकाको टाउको पानीमा चोपलेको भिडियोले आक्रोश

काठमाडौं । चीनको एक विद्यालयमा पौडी प्रशिक्षकले सात वर्षीया बालिकाको टाउको बारम्बर पानीमा डुबाइरहेको एक भिडियो सार्वजनिक भएको छ ।

पढाउने बेला ध्यान नदिएको भन्दै यस्तो गरेको भनिएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा कतिपय मानिसले आक्रोश समेत पोख्न थालेका छन् ।

Dabur Nepal

यही अगस्ट ७ मा उक्त भिडियो सार्वजनिक भएको थियो । वार्षिक सात हजार अमेरिकी डलर शुल्क लाग्ने एक विशेष अन्तर्राष्ट्रिय किन्डरगार्टनमा अध्ययनरत बालिकालाई गत महिनाको अन्तिममा पौडी प्रशिक्षकले चारपटक पानीमुनि चोपलेका हुन् ।

पूर्वी चीनको झेजियाङस्थित उक्त विद्यालयले ती प्रशिक्षकलाई बर्खास्त गरेको छ । तर, घटनाको विषयलाई  लिएर उनीमाथि कुनै अनुसन्धान गरिएको छैन ।

विद्यालयको पौडीपोखरीको सीसीटीभी फुटेजमा ती प्रशिक्षकले बालिकालाई नजिकैका दुई सहपाठीबाट तानेर बारम्बार उनको टाउको पानीमुनि धकेलेको देखिन्छ ।

त्यस दिन घटनाबारे बालिकाका आमाबुवालाई जानकारी गराइएन । अर्काे दिन आमाले घरमा बालिकालाई नुहाइदिने क्रममा कपाल धुन खोज्दा रोकेकी थिइन् । उनले ‘आमा, म कपाल धुन्नँ, मलाई निस्सासिने डर हुन्छ’ भनेकी थिइन् । त्यसपछि उनले अघिल्लो दिन स्कुलमा भएको घटना सुनाएकी थिइन् । बालिकाले प्रशिक्षकले पटक–पटक आफूलाई पानीमुनि धकेलको बताएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro