site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हात्तीलाई खुवाइयो ‘वनभोज’

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा शनिबार चितवनको सौराहामा हात्तीलाई ‘वनभोज’ खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्रांगणमा वनभोज खुवाइएको हो ।

हात्ती दिवसका अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजीस्तरका र सरकारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई पौष्टिक आहारका रूपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो ।

कार्यक्रममा सहभागीले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५०० हात्ती रहेको तथ्यांक छ । सन् २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro