site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी सूचना आएको सांसद प्रतीमा गौतमले जानकारी दिइन् ।

यसअघि, देउवाले आज संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका छन् । बैठक उनकै निवास धुम्बाराहीमा बस्ने गरी बोलाइएको हो ।

संसदीय दल कार्यसमिति बैठकमा दलका नेता देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशिला थिङ् उपस्थित रहने जानकारी दिइएको छ ।

गएको साउन १० गते निरन्तर संसद् बैठकमा एमालेले अवरोध गरिरहेको छ । कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro