site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अरुण काबेलीले शतप्रतिशत हकप्रद निष्कासन गर्दै
SkywellSkywell

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले आउँदो भदौ ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम एक कित्ता सेयरबराबर नयाँ एक कित्ता सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । यहीबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका हकप्रद निष्कासन गरिने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

कम्पनीको हकप्रदमा असार २४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो । सोहीअनुसार असार २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार गरेका सेयरधनीहरूले सो हकप्रदका लागि आवेदन दिन पाउनेछन् । सेयरधनीले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सीडीएस एन्ड क्लियरिङबाट निर्माण गरिएको मेरोसेयर वेबसाइट प्रयोग गरी पनि आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी त्रिपल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत सुरक्षित रहेको संकेत गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu