site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
‘धान्न नसक्ने गरी’ आप्रवासी बढे, म्यासाच्युसेट्समा ‘स्टेट अफ इमरजेन्सी’ घोषणा

बस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘स्टेट अफ इमरजेन्सी’को घोषणा गरिएको छ । म्यासाच्युसेट्सकी गभर्नर मरा हिलीले राज्यमा स्टेट अफ इमरजेन्सीको घोषण गरेकी हुन् ।

द्रुत गतिमा बढेका आप्रवासी परिवारको आवश्यकताअनुसारको सेवा र वासस्थानको चरम अभाव हुँदा यस्तो इमरजेन्सीको घोषणा गर्नुपरेको गभर्नर हिलीको कार्यालयले जनाएको छ ।

यो घोषणाले संघीय सरकार र म्यासाच्युसेट्स राज्यलाई यहाँको वासस्थानको प्रणाली दिगो नहुने किसिमबाट बढिरहेको र तुरुन्तै थप सहयोग आवश्यक रहेको सूचित गरेको छ ।

अहिले राज्यका ‘सेल्टर’मा पाँच हजार ६०० परिवार (२० हजार व्यक्ति) छन् । बालबालिका र गर्भवती महिला पनि रहेको राज्यको आधिकारिक वेबसाइटमा उल्लेछ छ ।

गभर्नर हिलीले अमेरिकी गृह मन्त्रालयका सेक्रेटरी अलेहान्द्रो मायोर्कासलाई लेखेका पत्रमा ती परिवारलाई वासस्थान र सेवा उपलब्ध गराउनका लागि लगानी बढाउन संघीय सरकारसँग माग गरिएको छ ।

आप्रवासीका लागि वासस्थान र कामको आवश्यकता पूरा गर्न परोपकारी संस्था, अधिकारकर्मी, संगठन र सेवा प्रदायकलाई प्रशासनसँग सहकार्य जारी राख्न आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रशासनले हालै आप्रवासी सहयोग सेवा कार्यक्रम सार्वजनिक गरेको छ । त्यसले आप्रवासीका मुद्दाको व्यवस्थापन, कानुनी सेवा र परिवारलाई राज्यभित्रका वासस्थानमा सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro