site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चाँडै आउँदै छ आइफोन १५ : यी हुन् सम्भावित नयाँ फिचर

काठमाडौं । एप्पलले आउँदो महिना सेप्टेम्बरमा आफ्नो वार्षिक सम्मेलनमा आइफोनको नयाँ सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यो नयाँ सिरिज आइफोन १५ हुन सक्ने भन्दै फाेनकाे डिजाइन र अन्य फेरबदल कस्तो होला भनेर मानिसहरूले चासो देखाउन थालेका छन् ।

एप्पले आफ्नो नयाँ फोनसँगै अन्य प्रडक्टहरूबारे जानकारी दिने सम्मेलन अघि नै फोन र प्रडक्टबारे विभिन्न जानकारीहरू लिक हुने गरेका छन् भने हल्लासमेत चल्ने गरेको छ । खासगरी आइफोन १५ मा यूएसबी–सी पोर्ट आउला ? स्क्रिन र फ्रेमबीचको बर्डर पातलो होला ? मूल्य बढाउला र प्रो मोडलहरूमा ठुलो अपग्रेड होला कि ? भन्ने जस्ता जिज्ञासाहरू बढेका छन् ।

एप्पलले आफ्नो इभेन्टमार्फत घोषणा नगरेसम्म यी सबै कुरा थाहा हुने देखिन्न । तर, यस्ता केही सुधार आइफोन–१५ मा आउनसक्ने आकलन गरिएको छ ।

Dabur Nepal
NIC Asia

यूएसबी–सी पोर्ट

आइफोन १५ मा खासगरी युरोपियन युनियनको दबाबसमेत भएका कारण यूएसबी–सी पोर्ट आउने अनुमान गरिएको छ । ईयूले सन् २०२४ सम्म यूएसबी–सी पोर्ट भएमा मात्रै त्यहाँ आइफोन बेच्न पाउने ऐन पारित गरेको छ । एप्पलले ईयू अन्तर्गतका लागि मात्रै टाइप सी पोर्ट ल्याउँछ वा सबैका लागि भन्ने विषय पनि रहने छ ।

सबै मोडेलहरूमा डायनामिक आइल्यान्ड

एप्पलले आइफोन १५ लाइनअप अन्तर्गत चार आइफोन मोडेलहरू ल्याउने र सबैमा डायनामिक आइल्यान्ड फिचर उपलब्ध हुने अनुमान गरिएको छ । आपूर्ति श्रृंखलाको समस्याका कारण आइफोन १५ को बेस मोडेलमा एप्पलको प्रो आइफोन जस्तै उच्च रिफ्रेस दर भने नरहने ठानिएको छ ।

अपग्रेडेड अल्ट्रा वाइडब्यान्ड

आइफोन १५ प्रो र प्रो म्याक्सको भित्री डिजाइन सहज तरिकाले मर्मत हुने किसिमले बनाइएको चर्चा चलेको छ । यस्तै, आइफोन १५ मा अपग्रेड गरिएको अल्ट्रा वाइडब्यान्ड प्रोसेसर हुने बताइएको छ । एप्पलले यू१ भन्ने चिप कम्पनीको नयाँ एआर हेडसेट भिजन प्रोसँग सजिलै इन्टिग्रेट हुने छ । अल्ट्रा वाइडब्यान्ड एक छोटो दुरीको वायरलेस सञ्चार मानक हो । जुन प्रायः वस्तुहरूको स्थान ट्र्याक गर्न पनि प्रयोग गरिन्छ ।

वायरलेस चार्जिङ अपग्रेड

चार्जरल्याबको गत मेको रिपोर्ट अनुसार सबै आइफोन–१५ ले क्यूआई२ स्ट्यान्डर्डको १५ वाटको वायरलेस चार्जिङ सर्पोट गर्ने छन् । यो साँचो भयो भने वायरलेस चार्जिङको एक नयाँ सुरुवात हुने मानिएको छ । आइफोन १५ प्रो म्याक्सले पेरिस्कोप शैलीको टेलिफोटो लेन्स पनि समावेश गर्ने अनुमान गरिएको छ । यसले उच्च अप्टिकल जुमको क्षमता बनाउने छ ।

यस्तै, आइफोन १५ को प्रो मोडेलहरूमा अहिलेको स्ट्यान्डर्ड भोल्युम र पावर बटनको सट्टा सोलिड स्टेट बटन आउन सक्ने ठानिएको छ ।

र्‍याम थपिने

आइफोन १५ का प्रो मोडेलहरूमा यसअघिको प्रो मोडेलमा ६ जीबीको सट्टा ८ जीबी बेसिक र्‍याम हुने अपेक्षा गरिएको छ । तर, बेस मोडेलहरूमा भने ६ जीबी नै र्‍याम हुने ठानिएको छ ।

मूल्य बढ्ने

सन् २००७ मा सार्वजनिक भएयता आइफोनको मूल्य व्यापकरूपमा बढ्दै गएको छ र यस वर्ष पनि मूल्य बढेर आउने अनुमान गरिएको छ । यस्तै, आइफोन १५ को अल्ट्रा मोडेलमा भ्यारिएबल जुम लेन्ससहितको टेलिफोटो क्यामेरा हुने अनुमान गरिएको छ ।

एप्पलले हरेक वर्ष लगभग सेप्टेम्बरमा आफ्नो वार्षिक आइफोन कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यसैले आउँदो महिना फोन सार्वजनिक भएसँगै यसका नयाँ फिचर र विशेषताबारे पूर्ण जानकारी हुने छ ।

सीनेटबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro