site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऊर्जा क्षेत्रको विकासका लागि परिसंघ र इप्पान मिलेर अगाडि बढ्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ऊर्जा क्षेत्रको विकासका लागि नेपाल उद्योग परिसंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सहकार्य गर्ने भएका छन् । इप्पानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ऊर्जा क्षेत्रको विकासका लागि मिलेर अगाडि बढ्ने एक्यवद्धता जनाएका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दिगो माध्यम रहेको बताए । उनले उर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अग्रवालले नेपाल उद्योग परिसंघले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा ऊर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको बताए । पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरिनुपर्ने पनि उनले बताए ।

इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि उर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताए । ऊर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्नेमा पनि उनले जोड दिए ।

Global Ime bank

निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत् व्यापार गर्न दिनुपर्ने, विद्युत् निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारण लाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक बिजुली पाउनुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement