site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठक : सरकारको जवाफ चित्त नबुझेको भन्दै एमालेको अवरोध
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने गरी सरकारले जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सबै दलका प्रतिनिधि बोलेपछि समय लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले उठेका प्रश्नहरुको जवाफ दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको तर्फबाट उनले जवाफ दिए पनि गृहमन्त्री र सरकारले ढाँटको खेती गरेको भन्दै एमालेले बैठकमा आपत्ति जनायो । एमालेको तर्फबाट बोल्दै सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति बनाउने गरी जवाफ नआएको बताए ।

“उपयुक्त जवाफ दिनुहुनेछ भन्ने लागेको थियो । छानबिन समिति बन्छ भन्ने विश्वास र अपेक्षा थियो । तर, अभिव्यक्ति हेर्दाखेरि त्यो भएन । उठेका विषयभन्दा प्रवचन र प्रशिक्षण दिने काम गर्नुभयो । सरकार गम्भीर हुन सकेन, जवाफदेही ढंगबाट प्रस्तुत हुन सकेन,” उनले भने ।

Global Ime bank

उनले सरकारको प्रभावमा सीआईबी र सरकारको संयन्त्रलाई राख्न खोजिएपछि उच्चस्तरीय छानबिन समितिको माग गरिएको बताए । र, उक्त माग यथावत् रहेको भन्दै उनले सरकार प्रतिपक्षीलाई थकाउने र गलाउने स्थितिमा पुगेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय