site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आँखा अस्पताल पुग्ने ५० प्रतिशतमा ‘भाइरल कन्जन्टिभाइटिस’, कैदीबन्दीमा पनि फैलियो संक्रमण
Tiktok banner adTiktok banner ad

काठमाडौं । एक महिनायता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या ‘भाइरल कन्जन्टिभाइटिस’का बिरामीको चाप बढिरहेको छ । आँखा अस्पतालहरुमा दैनिक ओपीडीमा आउने बिरामीमध्ये ५० प्रतिशतमा यो समस्या रहेको नेपाल नेत्रज्योति संघको तथ्यांक छ ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार संघअन्तर्गतका सबै अस्तालहरुको पछिल्लो तथ्यांकमा दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा कन्जन्टिभाइटिस देखिएको छ ।

दैनिक अस्पताल आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७०, गौर आँखा अस्पताल गौरमा २५, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत कन्जन्टिभाइटिसका बिरामी छन् ।

त्यस्तै, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६०, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २०, बिनोद निता कडेल आँखा अस्पताल, नवलपरासीमा ६०, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीमा यही समस्या देखिएको छ ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भए पनि यसपटक भने यो समस्या प्रकोपकै रुपमा फैलिइरहेको चिकित्सकहरु बताउँछन् । अहिलेको अवस्था हेर्दा संक्रमण दर हेर्दा यो अझै बढ्नसक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

लुम्बीनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर डा. ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने आम बुझाइ रहे पनि बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो संक्रमण सर्ने बताउछन् उनी बताउँछन् ।

भाइरल कन्जन्टिभाइटिसको समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा पुग्न डा. लामिछानेको सुझाव छ ।

कैदिबन्दीमा पनि फैलियो आँखा पाक्ने समस्या

जिल्ला कारागार घोराहीमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या फैलिएकोे छ ।  ४०२ जना कैदिबन्दी रहेको घोराही कारागारमा गरेको निःशुल्क आँखा परीक्षणमा ६३ जनामा भाइरल कन्जन्टिभाइटिसको समस्या देखिएको संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro