देश
पोखरा । निरन्तरको वर्षाले पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा सडक भासिएको छ । सडक भासिएपछि पृथ्वी राजमार्ग एकतर्फीमात्र सञ्चालन भइरहेको छ ।
मंगलबार बिहान तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा बिहान साढे ११ बजे सडक भासिएर अवरुद्ध भएको थियो ।
अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी डीएसपी मोहनबहादुर खाँणले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १४:४१
प्रतिक्रिया दिनुहोस्