site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती नदीमा जलसतहले पार गर्‍यो खतराहको तह, तटीय क्षेत्रमा दिनभर उच्च सतर्क रहन आग्रह 
फाइल तस्बिर

काठमाडौं । वाग्मती नदीमा जलसतहले खतराको तह पार गरेको छ । वाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको हो । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । त्यसैले वाग्मती नदी तटीय क्षेत्रमा रहनेले आज दिनभर उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । विष्णुमती, धोविखोला, मनोहरालगायत खोलामा पनि बाढी आएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्