site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रेम र धोका केन्द्रमा रहेको ‘जय हो’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा प्रेम र धोकालाई केन्द्रमा राखिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापालगायत कलाकारको अभिनय छ । 

सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रलाई  टेक पौरखी राईले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्