site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरण : संसदीय छानबिन समिति नबनाइने 
SkywellSkywell

काठमाडौं । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाइने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा यस्तो समिति नबनाउने निष्कर्ष प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मातहतको निकायले नै छानबिन गर्ने भन्दै छुट्टै समिति नबनाइने बैठकमा जानकारी गराए ।

KFC Island Ad
NIC Asia

सरकार मातहत निकायको अनुसन्धान चित्त नबुझे मात्र संसदीय छानबिन समितिको माग गर्नु उचित हुने माओवादी सांसद लेखनाथ दाहालले बताए ।

नेकपा (एमाले)ले सो प्रकरण छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ ।

Royal Enfield Island Ad

“अहिले छानबिन समिति केका लागि भन्ने हुन्छ । सरकारका निकाय छन्, जसका काम नै छानबिन गर्ने छ । सीआईबी, अख्तियार, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग छन्, तीनलाई नै विश्वास गरौँ । छानबिन समिति टुंगिएपछि प्रतिवेदन चित्त बुझेन, छानबिन प्रक्रिया गहिराइमा पुगेन भने अर्कोे छानबिन समिति माग गर्नु स्वाभाविक हो,” उनले बाह्रखरीसित भने । 

एमालेले छानबिन प्रक्रिया गिजोल्न समितिको माग गरिरहेको उनको आरोप छ ।

“छानबिन समितिको माग गरिरहनुभएको छ, छानबिन प्रक्रियालाई प्रभाव पार्ने र छानबिन नगर्ने, अपराधीसम्म नपुग्ने उद्देश्यले उहाँहरूले यो विषय गिजोल्न खोजेकाले छानबिनको प्रक्रिया सरकारका मातहतका निकायबाट हुन्छन्,” उनले भने, “छुट्टै छानबिन समिति गठन गरिँदैन भन्ने कुरामा प्रस्ट भएका छौँ ।”

बैठकमा संसद्‌मा सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro