site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नर्सिङ लाइसेन्सको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा पक्राउ परेका तीनजना धरौटीमा रिहा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका तीनजना धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका तीनजनालाई जिल्ला अदालत काठमाडौंले जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुुमुद ढुंगेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

गएको असार २३ गते लिइएको परीक्षामा प्रश्नपत्र आउट गरेको आरोपमा कास्कीको लेखनाथकी २० वर्षीया समीक्षा थापा, लेखनाथकै २० वर्षीया भावना गुरुङ र धादिङको त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आलेलाई प्रहरीले पक्राउ गरेको थियो । गएको शुक्रबार उनीहरू रिहा भएका एसपी ढुंगेलले बताए ।

काउन्सिलले उनीहरू र अरू चारजना र नर्सिङ तयारी कक्षा पढाउने पोखरास्थित अलब्राइट इन्स्टिच्युटविरुद्ध जाहेरी दिएको थियो । प्रहरीका अनुसार बाँकी चारजनालाई फरार प्रतिवादी बनाइएको छ । घटनाको अनुसन्धान प्रतिवेदन काउन्सिललाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको काउन्सिलकी अध्यक्ष सरला केसीले बताइन् ।

सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो । सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी आइतबार (आज) मात्र सार्वजनिक गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro