site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रश्नपत्र बाहिरिएर रोकिएको नर्स लाइसेन्सको नतिजा एक महिनापछि सार्वजनिक

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले पछिल्लो एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले बीएस्सी, पीसीएल र मिडवाइफतर्फको नतिजा आइतबार सार्वजनिक गरेको हो ।

गत असार २३ गते भएको परीक्षामा ६ हजार १० जना सहभागी थिए । जसमध्ये पीसीएल नर्सिङतर्फ ७८.७६, मिडवाइफतर्फ ९३ र बीएस्सी नर्सिङतर्फ ७९.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

Argakhachi Cement Island Ad

असार २५ गते लिइएको विशेषज्ञ नर्सको परीक्षा नतिजा भने काउन्सिलले सोहीदिन प्रकाशित गरेको थियो । प्रश्नपत्र बाहिरिएका कारण रोकिएको नतिजा नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन आएपछि सार्वजनिक गरिएको काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले बताइन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्