site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आठौँ तलाबाट ‘हामफालेका’ न्युरोडका व्यापारी गुप्ताको घटना अनुसन्धानमा के देखियो ?
न्युरोडस्थित सञ्जय गुप्ताको घर ।

काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्युरोड हरेक दिन चलायमान हुन्छ । बिहानदेखि राति १० बजेसम्म किनमेल गर्नेको भीड देखिन्छ ।

यही साउन १६ गते पनि न्युरोडको दृष्य उस्तै थियो । दिउँसो साढे १ बजेको समयमा सडकमा सवारीसाधनको चाप नै थियो ।

त्यही बेला घरको आठौँ तलाबाट एक पुरुष अकस्मात् भुईंमा बजारिए । त्यसरी बजारिएका पुरुष थिए, ५५ वर्षीय सञ्जय गुप्ता ।

Dabur Nepal
NIC Asia

प्रहरी वृत्त जनसेवाको टोलीले गुप्तालाई तत्काल उपचारका लागि केही दूरी पर रहेको वीर अस्पतालमा पुर्‍यायो । लगत्तै अस्पतालले गुप्तालाई मृत घोषित गर्‍यो । स्थानीयवासीले गुप्ता घरको छतबाट खसेको अनुमान गरेका थिए ।

तर, प्रहरीको अनुसन्धानमा उनले आत्महत्या गर्न आफ्नै घरको आठौँ तलाबाट हामफालेको खुलेको छ । कपडा व्यापारी गुप्ताको न्युरोडमा आठतले घर र गैरीगाउँमा समेत अर्को घर छ ।

प्रहरी वृत्त जनसेवाका प्रमुख एवं डीएसपी भेषराज रिजालका अनुसार न्युरोडको घर गुप्ताले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका थिए । त्यही घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

“हाम्रो प्रारम्भिक अनुुसन्धानले गुप्ताले आत्महत्या गरेको देखिएको छ । हामी थप अनुसन्धानमै छौँ । गुप्ताले प्रयोग गर्ने मोबाइल परीक्षणको लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएका छौँ,” डीएसपी रिजालले बाह्रखरीसित भने ।

परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारीअनुसार गुप्ता केही समयअघिदेखि तनावमा देखिएका थिए । तर, के कति कारणले उनले ‘आत्महत्या’को बाटो रोजे, परिवारका सदस्य र प्रहरीले समेत कुनै ‘क्लु’ फेला पारेका छैनन् ।

आर्थिक समस्याका कारण गुप्ता तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro