site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाणिज्य बैंकहरूको नाफा ७० अर्बभन्दा बढी

काठमाडौं । देशका २० वटै वाणिज्य बैंकले गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार २० वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकको नाफा औसत २४.९५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

वित्तीय विवरणानुसार गएको वर्ष सर्वाधिक नाफा कमाउने र वृद्धि गर्नेमा नबिल बैंक अगाडि छ । यो बैंकले उक्त अवधिमा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकले चार अर्ब २५ करोड ६० लख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६.८६ प्रतिशले वृद्धि भएको हो ।

बढी नाफा गर्नेमा दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड छ । यो बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गनर्माे दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकले ५६.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

कुमारी बैंक र प्राइम कमर्सियल बैंकको भने नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको नाफामा कमी आएको हो । कुमारी बैंकको नाफा २४.१४ प्रतिशतले घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८.८१ प्रतिशतले घटेको छ ।

गएको वर्षदेखि नै नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा गई एकीकृत कारोबार गरेको कुमारीले आफ्नो पफर्मेन्स कमजोर देखाएको छ । अघिल्लो वर्ष यो बैंकले दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गएको आर्थिक वर्षमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा माछापुछ«े बैंकले आर्जन गरेको छ । यो बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गएको आर्थिक वर्षमा तीन अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्नेमा आठ बैंक छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने प्रभु, लक्ष्मी सनराइज र कुमारी बैंक पनि यो सूचीमा छन् ।

सरकारको स्वामित्व भएका तीन बैंक नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले भने तीन अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको तुलनामा कृषि विकास बैंकले ३९.२५ प्रतिशत, नेपाल बैंकले १६.७० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १४.५४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro