site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डलाई मोदीले गरे फोन, द्विपक्षीय हितका विषयमा छलफल
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री प्रचण्डलाई मोदीले फोन गरेका हुन् ।

त्यसक्रममा द्विपक्षीय हितका विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीद्वयले भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षको समीक्षा गरेका थिए । द्विपक्षीय साझेदारीलाई अगाडि बढाउने र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सो कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला भएको छलफललाई ‘फलोअप’ गरिएको जनाइएको छ ।

यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको पनि सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro