site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यायमा नागरिकको पहुँच आजको आवश्यकता : राष्ट्रपति   

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुद्दाको छिटो छरितो व्यवस्थापन र न्यायमा आमनागरिकको सहज पहुँच आजको आवश्यकता भएको बताएका छन् । 

कानुन दिवसको अवसरमा शुक्रबार सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्‌को भूमिका महत्त्वपूर्ण भएको बताए ।
 
संविधानको मर्म र आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेले भने,   “कानुन दिवसको आजको यस दिनले न्याय र कानुनको क्षेत्रमा आबद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराइरहनेछ भन्ने विश्वास लिएको छु ।”

राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा प्रधानन्यायालय ऐन, २००८ लागु भएपछि व्यावहारिक रूपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा सुरु भएको राष्ट्रपतिले बताए । 

स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनको थालनी त्यही दिनबाट भएकाले न्याय र कानुन जगत्‌मा कानुन दिवसको विशेष महत्त्व उनले रहेको बताए । 

राष्ट्रपति पौडेलले मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम गर्नु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको साझा दायित्व भएको बताए । न्यायालयप्रति जनआस्था बढाउन विधिको शासन र न्यायिक मूल्य–मान्यतामा क्षयीकरण हुन दिन नहुने उनको सुझाव छ । 

“नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यताको स्पष्ट व्यवस्था गरेको छ,” पौडेलले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro