-1743324049.jpg)
काठमाडौं । सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आएका सुझावलाई आत्मसात् गर्नेगरी अघि बढाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा उनीहरूले नीति तथा कार्यक्रमको छलफललाई परम्परावादीमात्रै नबनाई यसमा आएका सुझावलाई समेत समेटेर कार्यान्वयन गर्न सुझाव दिएका हुन् ।
कांग्रेस सांसद दीपक गिरीले सरकारको कार्यक्रम सोचेजस्तो नआएको बताए । नीति तथा कार्यक्रममा समावेश विषयलाई कार्यान्वयन गर्ने अवस्था बनाउन उनले सुझाव दिए । नीति तथा कार्यक्रमको छलफलका क्रममा आएका सुझाव समेटिन नसके छलफलको कुनै औचित्य नरहने सांसद गिरीले बताए ।
एमाले सांसद गोकुलप्रसाद बास्कोटाले संविधान संशोधनका विषयमा सरकारको कार्यक्रममा आएको विषय राम्रो भएको बताए । बास्कोटाले तासका बुकका राजारानी खोज्नुबाहेक अन्य राजा खोज्नु समयको बर्बादीमात्रै भएको तर्क गरे ।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारको कार्यक्रम परम्परावादी र कर्मकाण्डीमात्रै रहेकाले यसमाथि छलफल गर्न आवश्यक नरहेको बताइन् । सांसदका सुझाव समावेश गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्न उनले सुझाव दिइन् ।
रास्वपा सांसद डीपी अर्यालले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटेर परिमार्जनसहित पास हुने परिपाटीको विकास गर्न सुझाव दिए ।
नीति तथा कार्यक्रमका उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आइतबार सदनमा जवाफ दिने कार्यक्रम छ ।