site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु बैंकको नाफा साढे ४८ प्रतिशतले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म प्रभु बैंकले दुई अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.५४ प्रतिशतले नाफा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ९० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएका कारण नाफा बढेको देखिएको छ । अघिल्लो आवको असार मसान्तको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकको सञ्चालन नाफा ४७.५२ प्रतिशतले बढेर चार अर्ब २० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो बैंकको वितरणयोग्य नाफा एक अर्ब तीन करोड २९ लाख रुपैयाँ थियो ।

Global Ime bank

प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । जगेडा कोषमा १० अर्ब दुई करोड आठ लाख ७७ हजार रुपैयाँ छ ।

असार मसान्तसम्म बैंकले दुई खर्ब नौ अर्ब नौ करोड नौ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब तीन अर्ब २१ करोड पाँच लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १.८६ प्रतिशत रहेको खराब कर्जा गएको वर्षको असार मसान्तसम्ममा ४.१६ प्रतिशत पुगेको छ । बैंकले गएको वर्ष खराब कर्जाको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा छ । बैंकको स्प्रेडदर ४.८६ प्रतिशत छ । बेसरेट १०.०६ प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement