site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छिमेकीसँग बोल्न नसक्ने सरकारको के अर्थ ? : ओली
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा राष्ट्रिय स्वार्थप्रधान नभई सत्तास्वार्थ मात्रै भएको दाबी गरे । पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा उनले नेपाली आवश्यक्ता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा धेरै कमजोरीे देखाएको जिकिर गरे । 

KFC Island Ad
NIC Asia

अध्यक्ष ओलीले ईपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको बताए । उनले राष्ट्रिय हितलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडान समेत राखे । 

सरकारले मनपरी अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाइ छ । 

Royal Enfield Island Ad

“रााष्ट्रिय हित छोडेर सहमति हुने कुरामा नेकपा एमाले तयार हुँदैन । नेपाली जनता पनि तयार हुन सक्दैनन् । हाम्रो दुईतिर दुईवटा ऐतिहासिक छिमेकीहरू छन्,” उनले भने, “छिमेकमा भएपछि समस्याहरू पैदा हुन सक्छन् । सिमानाको समस्या गैरछिमेकीहरूसँग हुँदैन । तसर्थ, हामीले हाम्रा छिमेकीलाई खुलस्त कुरा गरेर समस्याको समाधान खोज्नुपर्छ । आफना जायज हितबारे बोल्न सक्दैनौं भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ?” 

अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिनेमा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro