site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा छ आज बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज बाढीको जोखिम रहेको छ । संखुवासभा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा गएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, रोल्पा, दार्चुला र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

यसैबीच, आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहनेछ । तर, यी नदीमा जलस्तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

सातवटै प्रदेशमा वर्षाको सम्भावना, यी हुन् आज भारी वर्षा हुने भू–भाग

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro