site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो
Dabur Nepal
NIC Asia

ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण ललितपुरमा फैलिँदै गएको हो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार ४३१ पशु संक्रमित भएका छन् । संक्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उनका अनुसार संक्रमण बढ्दो क्रममा रहेको छ ।

केन्द्रले थप क्षति नहोस् भनेर सजगता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताए । गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ संक्रमित संख्या २९६ पुगेको छ ।
    
“उपत्यकामा कूल संक्रमित पशुको संख्या १२ हजार ८७३ पगेको छ”, डा. निशाले भने, “गाईभैँसी संक्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको संख्या १७४ पुगेको छ ।” उपत्यकाभरका १७ हजार ९८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro