site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तराईमा रहेको खडेरी कहिले अन्त्य हुन्छ ?
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । यो वर्ष तराईमा औसतभन्दा कम वर्षा भएको छ । मनसुनको सिजन जारी रहँदा पनि तराईमा वर्षा नभएको हो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भू–भागमा वर्षा भए पनि मधेस प्रदेशको तराई क्षेत्रमा भने कम वर्षा भएको छ । 

“यो वर्षको जारी मनसुन सिजनमा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भइरहेको छ । यसमध्ये पनि मधेस प्रदेशमा कम वर्षा भएको छ,” मौसमविद् सञ्जिव अधिकारी बाह्रखरीसँग भन्छन्, “अन्य प्रदेशका तराई क्षेत्रमा भने वर्षा भइरहेको छ ।” 

मधेस प्रदेशकै केही भू–भागमा ‘आइसोलेटेड’ रूपमा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको उनी बताउँछन् । तर, समग्र रूपमा भने कम वर्षा भएको छ । जसका कारण यो प्रदेशका कतिपय ठाउँमा खडरीको अवस्था छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तराईका अधिकांश जिल्लामा मध्यमदेखि अधिक खडेरीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ । नेपालगञ्ज, जनकपुरमा मध्यमदेखि अधिक खडेरीको अवस्था रहेको छ । कोसी प्रदेशको धनकुटामा पनि कम वर्षा भएको छ । 

नेपालगञ्ज, जनकपुर, धनकुटालगायत भू–भागमा १ जुनदेखि ३१ जुलाई)समम  सरदर वर्षाको ५० प्रतिशतभन्दा कम वर्षा भएको छ । जसका कारण यी क्षेत्रमा हालसम्म पनि धान रोपाइँ हुन सकेको छैन । 

Global Ime bank

“अझै यी भू–भागमा तत्काल ठूलो पानी पर्ने अवस्था छैन । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईमा अब पनि भारी वर्षाको सम्भावना रहेको छ । तर, मधेस प्रदेशमा तत्काल सरदर वा त्योभन्दा धेरै वर्षाको सम्भावना छैन,” मौसमविद् अधिकारीले भने, “त्यसैले यी क्षेत्रमा रहेको खडेरी तत्काल अन्त्य हुने देखिँदैन ।” 

यस वर्षको मनसुन अवधिमा साउन १५ गतेसम्म मापन गरिएको दैनिक सञ्चित वर्षा औसतभन्दा कम रहेको विभागले जनाएको छ ।

“पछिल्लो केही दिनदेखि नेपालको औसत वर्षा सरदरभन्दा केही कम भएको देखिन्छ ।  मनसुन अवधिमा सरदरमा १ हजार ४७२ मिलिमिटर वर्षा हुन्छ । तर, यो वर्ष साउन १५ गतेसम्म ६५५.५ मिलिमिटर वर्षा भएको छ,” विभागले भनेको छ, “सो वर्षा मनसुन सिजनको चार महिनाको सरदर वर्षाको (१४७२ मिलिमिटर) को ४४.५ प्रतिशत मात्रै हो । आजसम्मको सरदर वर्षाको (७६८.७ मिलिमिटर)को ८५.३ प्रतिशत हो ।” 
 
वर्षको सुरुमै जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । केही जिल्ला तथा क्षेत्रमा वर्षा भइरहे पनि औसतमा भने कम वर्षा भइरहेको हो । 

जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले मनसुन सुरु हुनुभन्दा पहिला नै स्पष्ट पारेको थियो । तर, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ थियो ।  

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान थियो । वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement