site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, यी हुन् आज दिउँसो र राति भारी वर्षा हुने क्षेत्र
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा पनि वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको धापस्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

Dabur Nepal
NIC Asia

सिन्धुपाल्चोकको धापमा भारी वर्षा, मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्क रहन आग्रह

भक्तपुरको नगरकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्नसक्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौंमा पनि गएरातिदेखि नै वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम रहेको छ । यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

विभागका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro