site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लम्पी स्किन पीडित किसानलाई राहत दिइने, मन्त्रिपरिषद्बाट निर्णय गरिँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले लम्पी स्किनबाट पीडित भएका किसानलाई राहत दिने तयारी गरेको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारी प्रभावित किसानलाई राहत दिन आवश्यक गृहकार्य थाल्न निर्देशन दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, “अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।”

Global Ime bank

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ११ लाख बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । राससबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय