site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा १४ अर्ब २७ लाखको बिमा पोलेसी त्याग

काठमाडौं । आर्थिक मन्दीको प्रभाव बिमा व्यवसायमा पनि देखिएको छ । पछिल्लो समय बिमितले आफ्नो बिमा पोलेसी बीचमै छुटाउने गरेका छन् ।

नेपाल बिमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँको बिमा पोरेसी त्याग (सरेण्डर) गरेका छन् । १५ जीवन बिमा कम्पनीमा एक लाख चार हजार ५०६ पोलेसी त्याक गरेका हुन् ।

Dabur Nepal
NIC Asia

अघिल्लो वर्षको तुलनामा बिमा बीचमै त्याग १७.२० प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा १२ अर्ब १८ करोड आठ लाख रुपैयाँको बिमा पोलेसी बीचमै त्यागेका थिए ।

सबैभन्दा बढी रकमको बिमा पोलेसी त्याग गर्नेमा आइएमई लाइफ इन्स्योरेन्सका बिमित रहेका छन् । यो कम्पनीका बिमितले १० करोड २७ लाख रुपैयाँको एक हजार ७१ बिमा पोलेसी बीचमा नै त्याग गरेका छन् । त्यसैगरी सिटिजन्स लाइफ इन्स्योरेन्सका बिमितले ११ करोड ८४ लाख रुपैयाँ बराबरको एक हजार २९५ बिमा पोलेसी बीचमा नै त्यागेका हुन् ।

नेपाल लाइफ, सानिमा रिलायन्स, एसियन लाइफ र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सका बिमा पोलेसी बीचमा नै त्याग गर्ने बिमितको रकम भने घटेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका बिमितले भने यो वर्ष कम बिमा पोलेसी कम त्यागेका छन् । यो कम्पनीका विमितिले तीन करोड ५७ लाख ३१२ बिमा पोलेसी त्याग गरेका छन् ।

प्राधिकरणले नियमिन तीन वर्षसम्म बिमा शुल्क तिरेका बिमितले रकम अभावमा बिमा पोलेसी बीचमा नै त्याग्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार बिमा शुल्क तिर्न नसक्नेले तीन वर्षपछि बिमा पोलेसी त्याग्दै आएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro