site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार पाँच दिन घटेको सेयर बजार बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक सोमबार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ५.८४ अंकले वृद्धि भएर २१०६.१८ विन्दुमा रोकिएको हो । आइतबार नेप्से परिसूचक २६.७३ अंकले घटेको थियो ।

सोमबार कारोबार रकम भने घटेको छ । एक अर्ब ८५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार दुई अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६२ धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता खरिद–बिक्री भएको छ ।

विन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.३१ प्रतिशतले घटेको छ ।

शिवम् सिमेन्टको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड आठ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड, माइक्रोफाइनान्स र हाइड्रोपावर समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.१ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक ०.३७ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro