site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति सबै नीतिको मुहान हो, फोहोर गर्नु हुन्न : ओली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता राजनीतिमा लागेपछि बढी बिग्रिएको बताएका छन् । सोमबार आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा उनले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लक्षित कटाक्ष गरे ।

“राजनीतिमा लागेका नेता अलि बढी बिग्रिए, बिग्रन्छन् । किनभने, एकजना नेता नेता हनुभन्दा अगाडि र्याप गाउँथे । कस्तो र्याप गाउँथे भने नेताजति सबै चोर हुन्, चोर हुन भनेर र्याप गाउँथे,” उनले भने ,“ पछि नेता भएपपछि त्यो र्याप नमिलेजस्तो लाग्ने ।”

उनले राजनीति भ्रष्ट, छुल्याहा नीति नभएको बताए । राजनीतिमा अपवित्र पवित्र हुने, बेठिकको ठीक नहुने बताए । राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्नु नहुने उनको भनाइ छ ।

“सबै मुहान फोहोर छैनन्,” उनले भने, “कतिपय नेता बिग्रिए भन्नुपर्यो । बिग्रिएकाले अरु पनि म जस्तै भनेर कराए । सबै नेता बिग्रिएका हुँदैनन् ।”

ओलीले नेपालमा अब महिलाहरुको ३३ प्रतिशतको लडाइँ सकिएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro