site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
रियालिटी शो ‘महागफाडी’ घोषणा, निर्णायकमा शैलेन्द्र, लुनिभा र अभिनेता बुद्दि
Sarbottam CementSarbottam Cement

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको असोज तेस्रो साताबाट प्रसारण हुनेछ । 

‘महागफाडी’लाई सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर नरेशनाथ योगीले निर्देशन गर्दै छन् । “मनोरञ्जनका विभिन्न विधामध्ये वाक कला पनि एक हो । जसले अहिलेसम्म सही प्लेटफर्म पाएको छैन । बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नवीन प्लेटर्फम सावित हुनेछ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । यो शोमा मातृभाषामा समेत अडिसन दिन मिल्नेछ । 

शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ । फिजिकल रूपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिने आयोजकले बताएको छ । दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिनेछ । 

Global Ime bank

‘महागफाडी’को निर्णायकमा हास्यव्यंग्य कवि शैलेन्द सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्दि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । 

‘महागफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन दिइनेछ । चौथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय