देश
काठमाडौं । रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा भएको छ । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा गएरातिदेखि भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्र भएर बहने कोठी, बाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । त्यसैले नदी तथा खोलाका तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० ०६:०४
प्रतिक्रिया दिनुहोस्