site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा सहज प्रवेशको व्यवस्था गरिने (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा सहज प्रवेशको व्यवस्था गर्ने उल्लेख छ ।

"पुँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैरआवासीय नेपाली नागरिकहरूको ज्ञान, सिप, पुँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास र समृद्धिसँग जोड्ने गरी गैरआवासीय नेपाली नागरिकहरूलाई पुँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने," नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा जनचेतनामूलक कार्यक्रम गर्ने पनि उल्लेख छ । 

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्