site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बिहार म्युजियम बीएनालमा नेपाली कलाकारका कलाकृति प्रदर्शन गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको बिहारमा हुन लागेको ‘बिहार म्युजियम बीएनाल—२०२३’ मा नेपाललाई पनि निम्तो गरिएको छ । नेपाल कला परिषद्ले पत्रकार सम्मेलन गर्दै त्यसमा सहभागिता जनाउने गरी निम्तो आएको जानकारी गराएको हो ।

परिषद्का अध्यक्ष सागरशमशेर राणाले बिहारमा हुने बृहत् कला प्रदर्शनीमा विभिन्न मुलुकका कलाकारसहित नेपालबाट पनि भाग लिन लागिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष राणाले भने, “बिहार संग्रहालयमा ७ अगस्तदेखि ३१ डिसेम्बर, २०२३ सम्म हुने बिहार म्युजियम बीएनालमा यही साउन २२ गतेदेखि आश्विन २० सम्म करिब दुई महिना कला प्रदर्शनीका लागि नेपाललाई पनि चार हजार वर्गफिटको एकल ग्यालरी उपलब्ध गराइएको छ । यो ठूलो स्पेस हो । तसर्थ, नेपालले पनि ६६ जना कलाकारहरूका विभिन्न कलाहरूको प्रदर्शनी गर्ने भएको छ । यो हाम्रा लागि गौरवको क्षण हो । सोही प्रदर्शनीस्थलमा हामीले मण्डल पनि बनाउने भएका छौँ, जसले नेपालको कला, संस्कृति र ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्नेछ ।”

सो प्रदर्शनीमा रागिनी उपाध्याय, वत्सगोपाल वैद्य, रीता मानन्धर, सुषमा शाक्य, अजीत शाह, रश्मी मानन्धर, गोविन्द डंगोल, नरेश सैंजु, मदन चित्रकार, लोक चित्रकारलगायत ६६ नेपाली कलाकारका कलाकृति राखिने जनाइएको छ ।

Global Ime bank

दुई महिनासम्म हुने उक्त प्रदर्शनीमा मौलिक कला, पौवा चित्रकला, काष्ठकलाका विभिन्न कलात्मक वस्तु प्रदर्शन गरिने र प्रदर्शनीस्थलमा १६ फिटको ‘अष्टमंगल’ फ्लोर मण्डल बनाइने पनि जानकारी गराइयो ।

परिषद्का कोषाध्यक्ष पृथ्वीबहादुर पाँडेले सो प्रदर्शनीले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

बिहार संग्रहालयको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement