देश
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा शनिबार राति बसमा मोटरसाइकल ठोक्किदाँ एकजनाको मृत्यु भएको छ ।
लु२ख ६२५६ नम्बरको बसमा लु ४९ प ७७ ९६ नम्बरको मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रुपन्देहीका ३२ वर्षीय राजु क्षेत्रीको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुवै सवारी साधनसहित बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्