site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नासाले आफ्नै स्ट्रिमिङ प्लेटर्फम ‘नासा प्लस’ ल्याउँदै

काठमाडौं । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाले आफ्नै स्ट्रिमिङ सेवा सुरु गर्ने भएको छ । यसै वर्षभित्र सार्वजनिक हुने भनिएको यो प्लेटफर्म विज्ञापनरहित र निःशुल्क हुने नासाले जनाएको छ ।

‘नासा प्लस’ नाम दिइएको यो प्लेटर्फममा भविष्यका प्रक्षेपण, डकुमेन्ट्री र ओरिजिनल सिरिज उपलब्ध हुनेछन् ।

“नासाको नयाँ प्लेटर्फमसहित हामी अन्तरिक्षलाई तपाईंले चाहेको बेला तपाईंको औँलाछेउ पुर्‍याउँदै छौँ,” नासाको सञ्चार विभागका निमित्त प्रशासक मार्क एट्किन्डले भने ।

नासा प्लस नासाको एन्ड्रोइड र आईओएस एपमा उपलब्ध हुने र रोकु, एप्पल टीभी र फायर टीभीजस्ता स्ट्रिमिङ मिडिया प्लेयरमा पनि उपलब्ध हुने बताइएको छ ।

स्ट्रिमिङ सेवा नासाको नयाँ बेटा वेबसाइटमार्फत पनि उपलब्ध हुने जनाइएको छ ।

यो वेबसाइटमा नासाका मिसन, अनुसन्धान, जलवायुसम्बन्धी विवरण र आर्टेमिस मिसनका अपडेट उपलब्ध हुने बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro