site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro