site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन प्रकरण– रातभर ठमेलमा छापा, टोखामा पनि भेटियो ठूलो गोदाम
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउन ३ गते हङकङबाट काठमाडौं ल्याइएको स्कुटरको ब्रेक शु भित्र भेटिएको क्विन्टल सुन (अनुमानित) प्रकरणको अनुसन्धान जारी छ ।

प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभागले अहिले पनि सोही प्रकरणलाई लिएर अनुसन्धान जारी राखेको छ । रातभर पनि अप्रेसनमै रहेको विभाग स्रोतले जानकारी दिएको छ । स्रोतले दिएको जानकारीअनुसार गएराति काठमाडौंको ठमेलस्थित एक होटलमा छापा मारिएको थियो ।

क्विन्टल सुन तस्करी प्रकरण : ठमेलको एक होटेलमा सिलबन्दी

Prabhu Bank
Agni Group
NIC Asia

सुन प्रकरणमा जोडिएको हुँदा रातभर छापा मारिएको विभाग स्रोतले जानकारी दियो । होटल सिलबन्दी गरिएको छ । त्यहाँ केही सामग्री बरामद गरिएको छ । त्यसैगरी राति नै काठमाडौंको टोखामा एउटा सुन पगाल्ने कारखाना नै भेटिएको छ ।

सुन काण्डमा कसरी जोडियो महरा बाबुछोराको नाम ? 

Global Ime bank

“कारखानामा हामीले सिलबन्दी गरेका छौँ,” विभागका एक अधिकारीले भने, “त्यहाँ हेर्दा अहिलेसम्मकै ठूलो गोदाम, सुन पगाल्ने सामग्री भेटिएको छ ।”

सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एकजना पक्राउ

ती अधिकारीकाअनुसार यसअघि सोह्रखुट्टेमा बरामद गरिएका सामानमा सुनको तौल लिने, पगाल्ने मेसिन थिए तर टोखामा त ‘फ्याक्ट्री’ नै जस्तो छ ।  “यो अहिलेसम्मकै ठूलो ठाउँ हो,” स्रोतले भन्यो, “यो अवस्था हेर्दा सुन प्रकरणमा नेपालीमात्रै छैनन् । हाम्रो अनुसन्धान नेपालीमात्रै होइन, कनेक्सन कहाँ जोडिएको छ भन्नेमा केन्द्रित छ ।”

जिल्ला सभामा ‘कमिसन काण्ड’ र ‘सुन काण्ड’मा राजीनामा माग 

साउन ३ गते काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सामान बरामद गरिएको थियो । रेडी ट्रेडर्सको नाममा आएको स्कुटरको ब्रेक शु बरामद गरेर हेर्दा त्यहाँभित्र करिब एक क्विन्टल सुन बरामद गरिएको थियो ।

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ

त्यसपछि विभागको टोलीले काठमाडौंका विभिन्न स्थानमा अनुसन्धान जारी राखेको छ ।  अहिलेसम्म यो प्रकरणमा १७ जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको बयानका आधारमा पनि अनुसन्धान अघि बढाइएको छ ।

बरामद भएको ६६ कार्टुनमा पनि सुन भएको आशंका !

“भारत र चीनका व्यक्तिहरु यो प्रकरणमा लागेको देखियो,” विभागका एक अधिकारीले भने । गत साउन ३ गते बरामद गरिएको करिब सुन सम्बन्धमा नेपालले हङकङसँग चासो व्यक्त गरेको छ । नेपालको भन्सार विभागले हङकङको भन्सार विभागलाई ब्याट्री भनेर सुन किन पठाएको भन्दै पत्र पठाएको छ ।

जोखिएको छैन बरामद सुन, गोदाममा भेटियो गाल्ने मेसिन 

नेपालको पत्र प्राप्त भएपछि हङकङले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । “हामीले सीधै हङकङको भन्सारलाई पत्र लेखी यति ठूलो मात्रामा सुन अवैध तरिकाले कसरी त्यहाँबाट काठमाडौं आयो भनी सोधेका छौँ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement