site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जोखिएको छैन बरामद सुन, गोदाममा भेटियो गाल्ने मेसिन 

काठमाडौं । साउन ३ गते काठमाडौंबाट बरामद भएको सुनको अहिलेसम्म तौल लिइएको छैन । राजश्व अनुसन्धान विभागले काठमाडौंबाट करिब एक क्विन्टल सुन बरामद गरेको बताए पनि त्यसको तौल भने अहिलेसम्म पनि लिइएको छैन ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर बरामद भएको सुन सुरक्षित राखिएको छ । “राजश्व अनुसन्धान विभागबाट आएको सुन हामीले सुरक्षित अवस्थामा राखेका छौँ, तौल लिनु भन्ने पत्र आएको छैन, पत्र नआउन्जेल हामीले केही गर्न मिल्दैन,” राष्ट्र बैंक स्रोतले भन्यो ।

Dabur Nepal
NIC Asia

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन महाशाखा टक्सार विभागका निर्देशक थानेश्वर आचार्यले पनि अहिले प्रक्रिया अघि नबढेको बताए ।  राजश्व अनुसन्धान विभाग स्रोतले दिएको जानकारीअनुसार अझै पनि अनुसन्धान बाँकी रहेको र जरोसम्म पुग्नेगरी अनुसन्धान थालिएको छ ।

रेडी ट्रेडर्सको नाममा आएको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन विभागले नियन्त्रणमा लिएको थियो । यही प्रकरणलाई लिएर अहिलेसम्म जम्मा १७ जना पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकको बालुवाटारमा रहेको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरिएको छ । बुधबार बालुवाटारबाट मेसिन बरामद भएको विभाग स्रोतले जानकारी दियो ।  विभागको टोलीले बुधबार आशंकामा रहेका चिनियाँ र भारतीय नागरिक बस्ने क्षेत्रमा पनि अनुसन्धान गरेको जनाएको छ ।

भारतीय र चिनियाँ नागरिक यसअघि नै पक्राउ परिसकेका छन् ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro