देश

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेपछि मृतककी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटना शंकास्पद रहेको र शव परीक्षण प्रतिवेदन आएपछि थप रहस्य खुल्ने बताए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणका लागि पठाइएको छ ।
छिमेकीको खेत नजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा महराको शव भेटिएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ २२:५७
प्रतिक्रिया दिनुहोस्