site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउन हुन्छ ? यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं । पशु सेवा विभागको पछिल्लो तथ्यांकअनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ ।

जसमध्ये सात लाख ६८ हजार ६४१ पशु निको भइसकेका छन् । तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ ।

पछिल्लो समय देशभर पशुहरू लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दूध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । तर, लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरू बताउँछन् ।

Dabur Nepal
NIC Asia

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दूध उमालेर खान सकिने बताएका छन् ।

उनले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिए । आजसम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताए ।

लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चौँरीमा देखिने गरेको छ । डा.ढकालले भेडा, बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताए । यदि रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दूध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ ।

डा. ढकालले भने, “लम्पी स्किन रोग जुनोटीक रोग होइन । यो पशुबाट मान्छेमा सर्ने रोग होइन । कतै पशुबाट मान्छेमा पनि सर्ने रोग हो की भन्ने प्रश्न पनि उठिरहेको छ । मान्छेलाई रोग लाग्छ की लाग्दैन भन्ने जिज्ञासा आउन सक्छ । आजसम्मको कुनैपनि अध्ययनले यो रोग मान्छेमा सरेको छैन नै भन्छ । यो पशुकै रोग हो । र, अन्य प्रजातीका पशुहरुमा पनि लागेको देखिएको छैन ।”

यस वर्ष हालसम्म लम्पी स्किन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्यांकमा उल्लेख छ ।

डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रूपमा फैलिएको जानकारी दिए । दुई लाख ३७ हजार २८१ पशुमा सक्रिय संक्रमण देखिएको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ ।

यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरू देखिने, एक देखि पाँच सेन्टिमिटरसम्मका गोला गिर्खाहरू बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro