site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सर्‍यो, पानी यसकारण पर्‍यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमाथि सरेको छ । यो रेखा यसअघि सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित थियो । अबका तीन दिन मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यूनचापीय रेखाको सरदर स्थान भनेको भारतको गंगानगर, इलाहाबाद र कोलकातामाथिको आकाश क्षेत्र हो ।

“हिजोसम्म मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ थियो, आजदेखि सरदर स्थानमाथि सरेको छ,” उनले बाह्रखरीसित भने, “न्यूनचापीय रेखा सरदर स्थानमा रहँदा मध्य भारतमा धेरै वर्षा हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सो रेखा उत्तरतर्फ सरेपछि नेपालमा धेरै पानी पर्ने उनले बताए । तर, हिजोअस्तिको तुलनामा आज (शनिबार) देशमा धेरै पानी परेको छ । भोलि र पर्सि पनि आजकै जस्तो अवस्था रहने उनले जानकारी दिए ।

आज तुलनात्मक रूपमा बढी वर्षा हुनुमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायु मुख्य कारण रहेको उनले बताए । यो मनसुनभित्रकै एउटा प्रणाली भएको उनको भनाइ छ ।

Global Ime bank

“बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण अलि बढी पानी परेको हो । यो मनसुनकै एउटा प्रणाली हो,” उनले भने, “त्यसको प्रभाव बढी गण्डकी र वाग्मती प्रदेशमा परेको छ ।”

उनका अनुसार अबका तीन दिन मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने सम्भावना देखिएको छैन । सो रेखा उत्तर अर्थात् नेपालतर्फ सरेको अवस्थामा मात्र देशैभर धेरै र निरन्तर वर्षा हुने मौसमविद्को भनाइ छ ।

“अबका तीन दिनसम्म मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै रहने देखिन्छ,,” उनले भने, “आज हेर्दा त्यो स्थिति छ । हामी दैनिक अध्ययन गर्छौँ, भोलि पनि हेर्छौँ ।”

तीन दिनसम्म सो रेखा सरदर स्थान आसपास नै रहे पनि त्यसपछि विस्तारै नेपालतर्फ सर्ने सम्भावना भएको मौसमविद् प्रधानाङ्गले बताए ।

महाशाखाकै अर्का मौसमविद् विनु महर्जनले आज देशका सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको बताइन् । केही स्थानमा भारी वर्षा समेत मापन गरिएको उनले जानकारी दिइन् ।

उनका अनुसार आज राति मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

“तुलनात्मक रूपमा आज पानी पर्ने क्रम बढेको छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement