देश
काठमाडौं । रौतहटका विभिन्न क्षेत्रमा आज भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार रौतहटको गरुडा र आसपासमा पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको छ ।
उक्त क्षेत्र भएर बहने झन्झा खोलालगायत अन्य स–साना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले डुबान भइरहने होचा स्थानमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १२:२९
प्रतिक्रिया दिनुहोस्