site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पमाथि फेरि लाग्यो कर्मचारीलाई फुटेज डिलिट गर्न दबाब दिएको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि एक नयाँ आरोप लागेको छ । 

गोप्य सरकारी कागजात प्रकरणको अनुसन्धानमा अवरोध पुर्‍याउने सुरक्षा फुटेज डिलिट गर्न उनले कर्मचारीलाई दबाब दिएको आरोप लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो आरोप ट्रम्पले फ्लोरिडास्थित आफ्नो निजी निवास मार ए लागोमा सरकारी गोप्य कागजातको व्यवस्थापनसँग सम्बन्धित रहेको छ ।

ट्रम्पमाथि रक्षासम्बन्धी जानकारी जानीजानी राखेको र अवरोधको आरोप लागेको छ । मार ए लागोका स्टाफ सदस्य कार्लोस डे ओलिभेरालाई पनि फुटेज हटाउन के गर्न सकिन्छ भनेर सोधेको आरोप लागेको छ ।

Global Ime bank

ट्रम्पका निकट सहयोगी वाल्ट नाउटामाथि पनि अनुसन्धानमा अवरोधको आरोप लागेको छ । ट्रम्प र वाल्ट नाउटा दुवैले यी आरोप अस्वीकार गरेका छन् ।

अदालतका नयाँ कागजातमा न्याय विभागले गोप्य कागजात राखिएको भनिएको ठाउँको निगरानी फुटेज माग्दा नाउटा र डे ओलिभेराले उक्त फुटेज डिलिट गर्न षडयन्त्र गरेको उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement