site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
प्रतीकात्मक तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको जोखिम रहेको छ । 

झापा, इलाम, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा र आसपासका क्षेत्र भएर बहने नदीमा बाढीको जोखिम रहेको छ । 

लमजुङ, बाग्लुङ, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेको छ । त्यसैले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro