site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा २२ दिने मुख्यमन्त्री बने थापा
फाइल तस्बिर।

काठमाडौं । कोसीका मुख्यमन्त्री उद्धव थापाले २२ दिनमा नै पद गुमाएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको नियुक्ति बिहीबार रद्द गरिदिएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।

यससँगै उनी पदमुक्त भएका हुन् ।

थापा गएको असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलले समर्थन दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्